नम्बर प्लेट नराखी चलाउने २१९ मोटरसाइकल प्रहरी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नम्बर प्लेट नराखी चलाउने २१९ मोटरसाइकल प्रहरी नियन्त्रणमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २ सय १९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

महाशाखाले चलाएको नम्बर प्लेटविरद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट नम्बर प्लेट भएका ५४ वटा मोटरसाइकल पक्राउ गरेको हो ।

ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बंग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलविरुद्ध विशेष चेकजाँच अभियान सञ्चालन गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानाकारी दिए ।

विशेष गरी नयाँ अनटेस्ट र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिका मोटरसाइकलले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेको छ, त्यस्ता मोटरसाइकल फरार हुँदा पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउन समेत समस्या हुने गरेको प्रमुख भट्टराइको भनाई रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);