बेपत्ता युवती झुन्डिएको अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

बेपत्ता युवती झुन्डिएको अवस्थामा फेला

atmahatya

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका ६ स्थित शनिमन्दिर नजिकै जंगलमा २० वर्षीया युवती झुन्डिएको अवस्थामा भेटिएकी छिन्।  रुपनी गाउँपालिका-२ रायपुरका खेलानन्द चौधरीको छोरी चाँदानी चौधरी रुखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

घाँस काट्न गएका स्थानीयहरूले युवती झुन्डिएको देखेपछि गरेकाे खबरकाे आधारमा प्रहरी घटना स्थल पुगेको थियाे । मृतक युवतीको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ। 

घटनाको विषयमा थप अनुसान्धन भइरहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । मृतक युवती गत शनिबारदेखि बेपत्ता भएकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);