स्मार्ट लाईसेन्स नविकरण सेवाग्राहीहरुले कात्तिक १५ गते सम्म निवेदन सक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

स्मार्ट लाईसेन्स नविकरण सेवाग्राहीहरुले कात्तिक १५ गते सम्म निवेदन सक्ने

काठमाडौं । सवारी चालक अनुमतिपत्रको कार्यालय एकान्तकुनाले स्मार्ट लाईसेन्स नविकरण गर्न समस्यामा परेका सेवाग्राहीहरुको लागि कात्तिक १५ गते सम्म निवेदन दिन सूचना जारी गरेको छ ।

२०७२ सालको विभिन्न मितिमा वर्ग थप गरेका सेवाग्राहीहरुको सवारी चालक अनुमति पत्रमा नविकरणको अन्तिम मिति र सरकारी प्रणालीमा नविकरणको अन्तिम मितिमा फरक परे पछि कार्यालयले तथ्यांङ्ग संकलनको लागि सूचना जारी गरेको हो ।

तथ्यांङ्ग संकलन सम्पन्न गरेपछि आफूहरुले उक्त तथ्याङ्ग मन्त्रालयमा पठाएपछि बल्ल जरिवाना छुटको निर्णय आउने यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुनाका निमित्त कार्यालय प्रमुख राजुभाई कुश्माले जानकारी दिए ।

आफूसंग भएको लाईसेन्सको अन्तिम मिति र सरकारी प्रणालीमा नविकरणको अन्तिम मिति फरक परेपछि सेवाग्राहीहरु जरिवाना तिरी नविकरण गर्न बाध्य भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);