अनेरास्ववियु अध्यक्षमा बराल चुनिएपछि नेतृत्वमा महिलाको विषयमा चर्चा चुलियो | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

अनेरास्ववियु अध्यक्षमा बराल चुनिएपछि नेतृत्वमा महिलाको विषयमा चर्चा चुलियो

काठमाडौँ । नेपालमा पटकपटकको राजनीतिक परिवर्तनले महिला सहभागिता र सचेतना बढाउँदै लगे पनि निर्णायक र नेतृत्व तहमा महिलाको सहभागिता ज्यादै न्यून छ ।

२०६२/६३ को जनआन्दोलनपछि समानुपातिक निर्वाचन प्रणालीले धेरै महिला राजनीतिमा सक्रिय भए, सभासद्देखि राष्ट्रको गरिमामय पद पुग्ने मौकासम्म पाए । तर पनि अरु संघ संगठन, राजनीतिक संस्थामा महिला नेतृत्व निक्कै कम छन् ।

पछिल्लो समय एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूमा महिला नेतृत्वमा पुगेपछि राजनीतिमा महिला नेतृत्वको विषयमा फेरि चर्चा चुलिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववीयूमा फेरि पनि महिला अध्यक्ष भएपछि नेतृत्वमा महिलाको विषयमा फेरि चर्चा चुलिएको हो ।

मुलुकको सबैभन्दा ठुलो दल एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा सुनिता बराल अध्यक्ष भएपछि धेरैले लामो समयपछि अनेरास्ववियुको व्यवस्थित भएको अनेरास्ववियुका वद्यार्थी नेता संजिज धितालले बताए ।

त्यसो त यसअघि पनि दुई पटक महिला अध्यक्ष भइसकेका थिए । रामकुमारी झाँक्रि र नविना लामा अध्यक्ष भएका थिए । देशको शासन सञ्चालन गर्ने मन्त्रिपरिषदमा महिलाको सहभागीता शुन्य छ ।

संविधानले सुनिश्चिचता गरेकाले मात्रै बल्ल बल्ल संसद र स्थानीय जनप्रतिनिधीमा महिलालाई ठाँउ दिइएको छ । तर अनेरास्ववीयूमा बराल अध्यक्ष भएपछि भने महिलाले पनि आरक्षण सिटको मात्रै भर नपरी आफै संघर्ष गरी नेतृत्वमा पुग्न सफल हुन्छन् भन्ने सन्देश दिएको अनेरास्ववियुकै अर्को विद्यार्थी नेतृ सजिना थापा मगरले बताइन् ।

आज पनि सबै दलहरूमा पुरुषकै हालीमुहाली छ । समाजमा देखाउनकै लागि मात्रै थोरै महिलालाई अवसर दिएकाछन् । तर नेतृत्वमा होईन सहभागितामात्रै ।पार्टी र संगठनभित्र पनि महिलाले कस्सिएर आफ्नो आवाज राख्ने अभ्यास कम छ ।

आफ्ना आवाज जोडदार उठाउने र नेतृत्व लिनसक्ने क्षमताका महिलाहरु कम नै छन् । जिम्मेवारी बहन गर्न खोज्नेले चुनौतीको सामना नगरिनहुने र महिलाले पनि आफ्नो क्षमता र व्यक्तित्व विकासमा अगाडि बढ्नुपर्ने अनेरास्ववीयूकी अध्यक्ष सुनिता बराल बताउँछिन् ।

कुनै पनि दल निकट संगठन महिलालाई राजनीतिमा सक्रिय पार्ने यो एउटा सुरुआत हो । यी बिभिन्न संगठनमा पुगेका महिलाहरुले अबका दिनमा अरु महिलाको समेत क्षमता अभिवृद्धिमा जोड लिनु जरुरी छ ।

आफूले पाएको अधिकार प्रयोग गर्दै समुदायमा रहेका महिलालाई पनि आर्थिक, सामाजिक र राजनीतिक रूपमा सशक्त पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेमा नेतृत्व तहमा कुनैदिन पुरुष सहर नै महिला हुने थिए की ?

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);