आज विश्व ओजोन तह बचाउ दिवस | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

आज विश्व ओजोन तह बचाउ दिवस

काठमाडौं । आज विश्व ओजोन तह बचाउ दिवस, खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राख भन्ने नाराका साथ विश्वभर मनाइँदै छ । सन् १९९५ देखि यो दिवस मनाउन थालिएको हो । यो दिवस मनाउनुको मुख्य उद्देश्य सबै विश्व भरिका जनता सामु ओजोन तह रिक्तीकरणले पृथ्वीमा परिरहेको असर बारे जनचेतना फैलाउने र यस तहलाइ रिक्तीकरण हुन बाट बचाउनु हो ।

मानिसहरुको विभिन्न गतिविधि, क्रियाकलापहरुले गर्दा हाम्रो पुथ्वीमा विभिन्न किसिमका समस्याहरु आइपरेका छन् । दिन प्रतिदिन मानिसहरुको संख्या वृद्धि हुनू सं–संगै मानिहरुको विभिन्न इच्छा आकाँक्षा पूरा गर्नलाइ पुथ्वीमानै ठुला ठुला महल, कलकारखाना, विभिन्न किसिमका गाडी मोटरहरुको बढ्दो क्रमले हाम्रो पुथ्वीको वायुमण्डलमा रहेको ओजोन तहमा असर परेको छ ।

पृथ्वीमा कार्बन डाइअक्साइड बढ्दै जाँदा त्यसले तापक्रम पनि बढाउँदै लगेको छ । यसको प्रभाव मानिसमा मात्रै होइन, पारिस्थितिक प्रणालीमा नै परेको छ । जसका कारण पृथ्वीकै आयु घट्दै गएको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् । ६ लाख वर्षयता पृथ्वीमा कार्बनडाइ अक्साइडको मात्रा निरन्तर बढिरहेको विज्ञले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);