सभामुखले बोलाएको सर्वदलीय बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

सभामुखले बोलाएको सर्वदलीय बैठक आज बस्दै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । लगातार प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद् बैठकमा नाराबाजी गरेपछि सभामुख सापकोटाले सदनको गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

‘सभामुखज्यूले आज (२८ भदौ सोमबार) दिउँसो साढे २ बजेका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष÷प्रमुखसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ’, सभामुखको प्रेस संयोजक श्रीधर न्यौपानेले भने ।

एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्दै एमाले सांसदहरूले बुधबार, बिहीबार र आइतबार गरी तीन दिनको बैठकमा नाराबाजी गरेर अवरोध सृजना गरेका छन् ।

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्नुपर्ने, सभामुखले माफी माग्नुपर्ने एमालेको माग छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);