मन्त्री मनाङे भन्छन्ः पैसा केटाहरूसँग छ, अहिले मसँग केही छैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

मन्त्री मनाङे भन्छन्ः पैसा केटाहरूसँग छ, अहिले मसँग केही छैन

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अर्का एक मन्त्रीले हालसम्म सम्पत्ति विवरण पेस गरेका छैनन् । मन्त्री भएको ६० दिनभित्र विवरण बुझाउनुपर्ने नियम छ । मनाङे मन्त्री भएको करिब तीन महिना पुग्न लाग्यो ।

२९ जेठमा तेस्रो पटक मन्त्रीमा नियुक्त भएका उनले हालसम्म सम्पत्ति विवरण बुझाएका छैनन् । ११ जना मन्त्रीमध्ये नौ जनाले दुई साताअघि विवरण पेस गरिसकेका छन् ।

मन्त्री मनाङेले आफूसँग कति सम्पत्ति छ भन्ने पनि हेक्का नभएको बताए । ‘म आफैँ कन्फ्युज छु के, मसँग के छ, के छैन भन्ने कुरा । समस्या कहाँ छ भने, पहिली श्रीमतीलाई दिइसकेको छु । छोराहरूको नाममा राखेको छ । त्यसलाई मेरो भनुँ भने समस्या आउला’, उनले भने ।

पहिले आफूले व्यापार गर्दा कमाएको भन्दै मनाङेले केही पैसा उठ्नै बाँकी रहेको बताए । ‘मैले बीचमा विजनेस गर्दाको पैसा छ । त्यो पैसा केटाहरूसँग छ । आएको छैन । आउनेवाला छ भनेर लेख्न नमिल्ने रहेछ’, उनी भन्छन्, ‘रामेले २० लाख लगेको छ, श्यामेले दुई करोड लगेको छ भनेर लेख्ने होइन होला । अहिले कुनै नयाँ व्यापार गरेको छैन । अब व्यापार गर्न लागिरहेको छु, मन्त्रालय सेटल भइसकेपछि । हामीले पनि भात खानुप¥यो । सरकारी पैसाले चिया खान पनि पुग्दैन ।’

आफूसँग भएको केही सम्पत्तिमा मुद्दा चलिरहेको मनाङेले बताए । कर्तव्य ज्यान मुद्दामा कारबाही भोग्न बाँकी उनी अहिले गण्डकीको मन्त्रीका रूपमा कार्यरत छन् । मनाङेलाई अकुत सम्पत्ति कमाएको आरोपमा अर्को पनि मुद्दा परेको थियो । तर, उक्त मुद्दाबाट सफाइ पाइसकेको उनको दाबी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);