प्रतिनिधिसभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिस्थापन विधेयकबाट सरकारले बजेट ल्याएपछि आज पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।

आजको बैठकमा अध्यादेशसम्बन्धी दर्जन प्रस्ताव पेश हुने सम्भावित कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्विकृतीका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

यसैगरी प्रधानमन्त्रीले नै रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावसमेत पेश गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ५ वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ । त्यसैगरी कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई वटा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दुई वटा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा पनि एमालेले आफ्ना सांसदलाई मर्यादित भएर विरोध गर्न निर्देशन दिइसकेको छ । बैठक अगाडि एमालेले आज संसदीय दलको बैठक बोलाएको छ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेले विरोध गर्दै आएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);