सडक पिच गर्ने विश्व बैंकको 'ओटासिल' प्रविधि नेपालमा असफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं । विश्व बैंकले नेपालका सडक कालोपत्रे गर्न भित्र्याएको ‘ओटासिल’ प्रविधि असफल भएको छ । कालोपत्रे छोटो समयमै उप्किन थालेपछि सडक विभागले यो प्रविधि पूर्णरूपमा त्याग गरिसकेको छ । सडक भत्किन थालेपछि सडक विभागले ओटासिल प्रविधि त्याग गरेको भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए।

सडक विभागले आर्थिक वर्ष ०६०-६१ मा सात करोड रुपैयाँ खर्चेर ओटासिल गरेको गोरुसिंगे–सन्धिखर्क सडक पटक–पटक मर्मत गरी टिकेको थियो । त्यसपछि विभागले ओटासिल गरेको पाल्पा-तम्घास, तेह्रथुमको वसन्तपुर–म्याङलुङ, सुर्खेत–जुम्ला, बाग्लुङ–प्युठान, सिरहा उदयपुर जोड्ने मिर्चैया-कटारी-घुर्मी, सुर्खेतको छिन्चुबाट जाजरकोटसहितका आधा दर्जनभन्दा बढी सडक ओटासिल गरेको थियो। यी सबै सडक दुई वर्ष पनि टिकेनन्।

आव ०७२-७३ बाट सुरु भएको पाँचबर्र्से योजनाअन्तर्गत डोलिडारले ७५ जिल्लामै ग्रामीण सडक निर्माण र स्तरोन्नतिको कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रमअन्तर्गत हाल ५९ वटा सडकका सात ७० किलोमिटरमा ओटासिल भइरहेको छ। यसमध्ये विभिन्न १० वटा सडकका ९० किमि मात्रै पूूरा भएको डोलिडारले जनाएको छ । विश्व बैंकको सहयोगमा सञ्चालित यो कार्यक्रमअन्तर्गत डोलिडारले ४९ वटा सडकको ६ सय ८० किमिमा ओटासिल गरिरहेको छ।

डोलिडारले गत वर्ष १७ सय किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्दा ओटासिलमा मात्रै ६ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको थियो। विश्व बैंकले परीक्षणका रूपमा नेपाल भित्र्याएको यो प्रविधि नेपालमा असफल भए पनि विश्व बैंकले लगानी गरेका धेरैजसो सडकमा एक दशकदेखि यही प्रविधि प्रयोग गरिँदै आएको छ । पछिल्लो समय सरकारको लगानी भएका कतिपय सडकमा समेत यो प्रविधि प्रयोग भएको छ।

असफल भएको जान्दाजान्दै अहिले पनि नुवाकोटको मान्द्रेढुंगा-खड्का भञ्ज्याङको साढे १२ किलोमिटर सडकमा ओटासिल भइरहेको छ। ओटासिल प्रविधि नेपालमा असफल भएको भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए। ‘हामीले ओटासिलमा समस्या आएपछि प्रयोग गर्न छोडेका हौं’, उनले भने । ग्रामीण तथा कृषि सडकमा डोडिलारले भने यही प्रविधि प्रयोग गर्दै आएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);