चिनियाँ इन्टरनेट चलाउने तयारी अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

काठमार्डौँ, १५ कार्तिक । अन्तिम तयारी भइसकेको नेपाल चीन जोड्ने स्थल केबुल मार्ग (ईन्टरनेट) को व्यवसायिक सञ्चभालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ।

गत हप्ता सिटिजीलाई पत्राचार गर्दै सबै तयारी पूरा भएकाले व्यवसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले पत्राचार गरेको हो। नेपालले चाइना रुटको व्यवसायिक सुरुवात गर्न चाइना टेलिकमले पनि तयारी पूरा भएको जानकारी सहित स्वीकृति दिनुपर्नेछ।

रुटको काम सकिएर त्यसको टेस्टिङ भइरहेको छ। टेस्टिङपछि त्यसलाई व्यवसायिक सुरुवात गर्न लागिएको हो।  रि रुट गरेर अन्तिम तयारी गरेको टेलिकमले कार्तिकको तेस्रो सातासम्ममा व्यवसायिक सुरुवात गर्ने समयसीमा तोकेको थियो। आजको नागरिक दैनिकमा खबर छ।