संसदमा एमालेसँग ‘फेस’ गर्ने योजना बनाउन बैठक बस्दै सत्ता गठबन्धन दल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसदमा एमालेसँग ‘फेस’ गर्ने योजना बनाउन बैठक बस्दै सत्ता गठबन्धन दल

काठमााडैं । एमालेले आफ्नो पार्टीबाट हटाएका १४ जना सांसद संसद् बैठकमा प्रवेश गरे बैठक चल्न नदिने चेतावनी दिएपछि सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेविरुद्धको रणनीति तय गर्न बैठक डाकेको नेकपा (एकीकृत समाजवादी) पार्टीका एक नेताले बताए ।

बैठकले अपरान्ह ४ बजे बस्ने संसद् बैठकमा कसरी प्रस्तुत हुने भनेर सामूहिक धारणा बनाउने ती नेताको भनाइ छ ।

बैठकमा देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एस) का अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी सहभागी हुने उनले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);