सत्ता गठबन्धन फुट्ने खतरा बढ्यो,माओवादी र एमाले बैठकमा व्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सत्ता गठबन्धन फुट्ने खतरा बढ्यो,माओवादी र एमाले बैठकमा व्यस्त

काठमाडौं,२१ फागुन । सत्ता समीकरणमा फेरबदल आउने संकेतसँगै नेकपा माओवादीको पदाधिकार िर एमालेको सचिवालय बैठक बसिरहेको छ । माओवादी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र एमालेको बैठक ओली निवास बालकोटमा बसिरहेको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेसहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको नेताहरुको खुलासा गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अबेर रातिसम्मबसेको दलहरूको बैठकमा नयाँ गठबन्धन
सरकार बनाउने सहमति भएको बताइएको छ । दलहरूबीच हाल प्रधानमन्त्री प्रचण्ड नै रहने सहमतिसमेत भएको भनिएको छ । नयाँ गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जनता समाजवादी सहभागी हुने नेताहरुको दाबी छ ।

आइतबारको
बैठकमा माओवादीको तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल र महासिचव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);