Our Network

कार्तिक ८ २०७८, सोमबार

संसदमा एमालेसँग ‘फेस’ गर्ने योजना बनाउन बैठक बस्दै सत्ता गठबन्धन दल

काठमाडाैं । एमालेले आफ्नो पार्टीबाट हटाएका १४ जना सांसद संसद् बैठकमा प्रवेश गरे बैठक चल्न नदिने चेतावनी दिएपछि सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ । 

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेविरुद्धको रणनीति तय गर्न बैठक डाकेको नेकपा (एकीकृत समाजवादी) पार्टीका एक नेताले न्युज कारखानालाई  बताए । 

बैठकले अपरान्ह ४ बजे बस्ने संसद् बैठकमा कसरी प्रस्तुत हुने भनेर सामूहिक धारणा बनाउने ती नेताको भनाइ छ । 

बैठकमा देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एस) का अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी सहभागी हुने उनले जानकारी दिए । 

Leave a Reply