एमसिसीका नाममा नेपालमा अमेरीकी सैनीक भित्र्याएर चिन बिरोधी मोर्चा बनाउने षड्यन्त्र : राजमो अध्यक्ष केसी | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

एमसिसीका नाममा नेपालमा अमेरीकी सैनीक भित्र्याएर चिन बिरोधी मोर्चा बनाउने षड्यन्त्र : राजमो अध्यक्ष केसी

बिमल क्षेत्री,
रुपन्देही । एमसिसीका नाममा नेपालमा अमेरीकी सैनीक भित्र्याएर चिन बिरोधी मोर्चा बनाउने षड्यन्त्र भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आरोप लगाएका छन् ।

मंगलवार बुटवलमा आयोजित बिरोधसभामा बोल्दै एमसिसी परियोजनामा नेपाललाई सामेल गराएर चिन बिरोधी अखडा बनाउन खोजिएको बताए । उनले भने, ‘अमेरिकाको अभियानमा केपी शर्मा नेतृत्वको सरकार र बर्तमान सरकारले समेत सहयोग गरेको छ । पटक पटक एमसिसी सदनमा ल्याउन खोज्नुको कारण अमेरीकीले दवाव दिनुनै हो ।’

केसीले पछिल्लो समय बिश्वमा चीन शक्तीसाली बन्दै जाँदा अमेरीकालाई भालुको कन्चट बनेकोले चीनलाई कमजोर बनाउन नेपाललाई प्रयोग गरेर अगाडी बढन खोजेको बताए । ‘अमेरिकी योजनामा चाईना र उत्तर कोरीयालाई एशियामा एक्लो पार्नका लागि नेपाललाई किन्न खोजिएको छ । ५५ अर्वको लोभ देखाएर नेपाली भुमी प्रयोग गर्न खोजिएको छ ।’ उनले भने ।

केसीले एमसीसीका बुंंदा परिमार्जन गर्ने आग्रह कुनै हालतमा अमेरीकाले स्वीकार नगर्ने ठोकुवा गर्दै नेपालको कानून भन्दा अमेरीकाको कानुन र बौद्धीक सम्पतीमा समेत नेपालको अधिकार नहुने प्रावधान नै नेपाललाई चिन बिरोधी अखडा बनाउने योजनाका साथ आएको दावी गरे ।

Leave a Reply