नेकपा एस र लोसपा रोज्ने आज अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेकपा एस र लोसपा रोज्ने आज अन्तिम दिन

काठमाडौं । निर्वाचन कार्यालयलयले विभाजित दल रोज्नका लागि जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको समय आज सकिँदैछ ।

राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएसँगै निर्वाचन आयोगले भदौ ९ गते एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई दल दर्ताको प्रमाणपत्र दिएको थियो ।

यससँगै विभाजित दलमा जान चाहनेहरुका लागि २१ दिनको समय उपलब्ध गराइएको थियो, जसको समय आज सकिँदैछ । आजसम्ममा दल परिवर्तन गर्ने जनप्रतिनिधिको पद गुम्ने छैन ।

केन्द्रमा निर्वाचन आयोगमा, प्रदेशमा आयोगको प्रदेश कार्यालयमा र स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्न सकिने व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);