भारतीय ट्रक छुटाउन भन्सारमा प्रदर्शन, आवत जावत ठप्प | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

नेपालगञ्ज, १४ कार्तिक । मंगलबार बिहानैबाट नेपालगञ्ज भन्सार ठप्प भएको छ। भन्सार छलेर मध्यरातमा नेपाल भित्रिएको भारतीय ट्रक प्रहरीले नियन्त्रणमा लिएपछि भन्सार एजेन्टहरुले मंगलबार भन्सार ठप्प पारेका हुन्। भुलवस प्रज्ञापनपत्र विना नै भारतीय ट्रक नेपाल भित्रिएको भन्दै भारतीय र नेपालका एजेन्टहरुले नाकामा विरोध प्रदर्शन गरी ठप्प पारेका हुन्।

विभिन्न सुरक्षा घेरालाई चुनौती दिदै नेपालगञ्ज भन्सारले सुईकोसम्म नपाई भारतीय ट्रक नेपालगन्ज भित्रिएपछि तीन दिन अघि संघीय प्रहरी इकाइ कार्यालय नेपालगन्जको प्रहरीले ट्रक नियन्त्रणमा लिएको थियो।

प्रहरीले गत शनिबार राति करिब साढे ११ बजे यूपी३६टी ७३०७ नं.को भारतीय ट्रकलाई नियन्त्रणमा लिएको हो। विना भन्सार करीब ७० लाख रुपैयाँको मेसिन र त्यसमा प्रयोग हुने सामग्रीसहित भारतीय ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);