आज हरिबोधनी एकादशी : ब्रत बस्नेले भूलेर पनि गर्न हुन्न यस्तो काम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौं । हरिबोधनी एकादशीमा भगवान विष्णु र उनका अवतारको पूजा गरिन्छ। श्रीहरिको उपासनालाई सबैभन्दा ठूलो मानिन्छ। त्यसैले पनि यो एकादशीलाई बढी अद्भुत मानिन्छ। यसै दिन तुलसी विवाह गरिन्छ।

एकादशीमा भुलेर पनि गर्न नहुने शास्त्रका नियम

१, चामल नखानु । नखानुको कारण हो चामल खाएपछि व्यक्तिको मन चंचल हुन्छ र प्रभुभक्तिमा मन जाँदैन ।
२, एकादशीको बिहानै दाँत माझ्न मनाही । फुल र रुखका पात टिप्न पनि मनाही ।
३, एकादशीको दिन उपवास बसे पनि नबसे पनि कम्तीमा ब्रम्हचर्य पालना गर्नुपर्छ । यसदिन संयम राख्नु जरुरी छ ।
४, एकादशीको दिन झुठो नबोल्नू । झुठो बोल्दा पाप लाग्छ । झुठो बोलेर मन दुषित हुन्छ । दुषित मनले के को भक्ति के को पुजा ।
५, एकादशीमा कहिल्यै पनि क्रोध नगरौं ।
६, एकादशीका दिन विस्तारामा नसुतौं । जमीनमै सुतौं ।
७, एकादशीमा कहिल्यै पनि नशायुक्त र मासुजन्य पदार्थको सेवन नगरौं ।
८, स्नान गरेपछिमात्र केही खानेकुरा ग्रहण गरौं ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);