काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १४ हजार ६ सय ५० परीक्षणमध्ये २ हजार ४ मा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १० हजार ६ सय ५८ पीसीआर परीक्षणमा १ हजार ६ सय १९ र ३ हजार ९ सय ९२ एन्टिजेन परीक्षणमध्ये ३ सय ८५ मा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ७ सय ८६ ले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने १ हजार ८ सय ४६ रहेको छ । नेपालमा संक्रमण निको हुनेको दर ९४.२ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार हालसम्म ७ लाख २१ हजार १ सय ८२ संक्रमणमुक्त भईसकेका छन् ।
हाल नेपालमा ३३ हजार ९ सय ४६ सक्रिय संक्रमित रहेका छन् ।