श्याम गुप्ता,
बारा । बुधबारबाट बाराको सिमरा–पोखरा र पोखरा–सिमरा उडान शुरु भएको छ ।
दिगो पर्यटनका लागि हवाई कनेक्टीभिटी’ भन्ने मुल नाराका साथ सिमराबाट पोखरा सिधा पहिलो उडानको उद्धघाटन गण्डकी प्रदेशका पर्यटन मन्त्री मणीभद्र शर्माले गरेका हुँन् ।
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि बुद्ध एयरको जहाज लिएर सिमरा आएका पर्यटन मन्त्री शर्माले उद्धघाटन गर्दै औधोगिक क्षेत्र र भारतीय पर्यटकहरुका लागि सिमराबाट पोखरा सिधा उडानले पुर्व क्षेत्रबाट पर्यटकिय नगरी पोखरा जाने आउँनेहरुका लागि सहज भएको बताए ।
बुद्ध एयरको जहाजबाट पहिलो पटक १८ सिटे क्षमता भएको जहाज पोखराबाट सिमरा आएको थियो । सिमरा विमानस्थलमा प्रदेश नं.२ का पर्यटन मन्त्री रामनरेश राय यादव सहित यस क्षेत्रका उद्योग पर्यटनर सामाजिक क्षेत्रका स्थानीयको उपस्थिती रहेको थियो ।
शुरुमा हप्तामा दुई पटक आईतवार र बुधवार दिउँसो १ः१५ बजे उडान भर्ने तालिका रहेको बुद्ध एयरले जनाएको छ । माँगको आधार बढे उडान बढाउँन सकिने बुद्ध एयरले जनाएको छ ।
सिमरा पोखराको टिकट दर चार हजार सात सय सत्तरी, पाँच हजार दुई सय सत्तरी र सात हजार एक सय सत्तरी गरी तीन प्रकारका टिकट दर कायम गरिएको बुद्ध एयरले जनाएको छ । यता प्रदेश नं. २ का पर्यटन मन्त्री रायले पर्यटकिय स्थल पोखरासँगै अन्य प्रदेशमा पनि हवाई उडान जोड्ने पहल भईरहेको बताएका छन् ।