लामो समयदेखि बन्द श्रीलंका र भारतबीचको सीमा नाका सर्तसहित खुला | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

लामो समयदेखि बन्द श्रीलंका र भारतबीचको सीमा नाका सर्तसहित खुला

एजेन्सी । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द श्रीलंका भारत सीमानाका सर्तसहित खुला गरिएको छ ।

नाकाबाट पूर्ण खोप लगाएका र कोभिड नेगेटिभ भएको पिसिआर रिपोर्ट भएका व्यक्तिलाई मात्रै आवतजावत गर्न दिइने दिइने र यात्रुले पिसिआर रिपोर्ट ७२ घण्टाभित्रको देखाउनुपर्ने सर्त सहित श्रीलंकाले सिमानाका खोलेको सरकारी अधिकारीले जनाएका छन् ।

सरकारी अधिकारीले जारी गरेको वक्तव्यका अनुसार श्रीलंकाबाट भारतको चेन्नई, मुम्बई, बैंग्लौर लगायतका क्षेत्रमा हवाई उडान पनि सुरु हुनेछ । त्यसका लागि उडान तालिकासमेत बनिसकेको उनीहरूले जनाएका छन् । स्वास्थ्य सुरक्षाको अवस्था, माग, आवश्यकतालगायत आधारमा आवतजावतको तालिका थप विस्तार पनि हुने वक्तव्यमा उल्लेखे छ ।

श्रीलंकन एयरलाइन्ससहित विभिन्न विमान सेवाप्रदायक कम्पनीले यात्रुका लागि सहुलियत तथा आकर्षक प्याकेज पनि घोषणा गरेको छ । श्रीलंकाबाट भारत जानेभन्दा पनि भारतबाट श्रीलंका आउनका लागि प्रेरित गर्न खोजिएको र यसले विस्तारै देशको पर्यटन, व्यापार, व्यवसायलाई पुनःउत्थान गर्न सजिलो बनाउने धेरैले विश्वास लिएका छन् ।

श्रीलंका आएकालाई देशको जुनसुकै ठाउँ पनि जान सकिने व्यवस्था गरिएको, तर स्वास्थ्य मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्ने सर्त भने राखिएको अधिकारीले जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);