काबुल विमानस्थलमा फेरि आतंकवादी हमला हुनसक्ने, सचेत रहन जो वाईडेनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

काबुल विमानस्थलमा फेरि आतंकवादी हमला हुनसक्ने, सचेत रहन जो वाईडेनको आग्रह

जेन्सी । अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगानिस्तानको काबुल स्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ घन्टाभित्र अर्को हमला हुन सक्ने सूचना पाएको बताएका छन् ।

वाइडेनले जारी गरेको विज्ञप्तिमा आउने २४ देखि ३६ घन्टासम्म आक्रमण हुन सक्ने प्रबल सम्भावना रहेको उल्लेख गरिएको छ । उनले ग्राउन्डमा रहेका अमेरिकी नागरिकको सुरक्षा गर्न आफूले सेनाले निर्देशन दिएको पनि बताएका छन् ।

आइतबार काबुलस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई विमानस्थलमा नजान र विमानस्थलमा भए सुरक्षित ठाउँमा जान भनेको छ।

यसअघि बिहीबार साँझ काबुल विमानस्थलबाहिर मुस्लिम अतिवादी संगठन आइएसआइएसले गराएको दुई वटा आत्मघाती बिस्फोटमा १३ अमेरिकी सैनिकसहित एक सय ७० को मृत्यु भएको थियो ।

Leave a Reply

ताजा समाचार