मदन भण्डारी राजमार्गमा अवरोध, ४ घण्टाको बाटोमा ८ घण्टा लाग्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मदन भण्डारी राजमार्गमा अवरोध, ४ घण्टाको बाटोमा ८ घण्टा लाग्ने

मन्त्री झण्डा हल्लाउँदै कुदछन्, बाटो कहिले सुध्रेन

प्रदिप ढुंगाना,
मकवानपुर
। केही दिनदेखिको लगातार वर्षाका कारण देशभरका कयौँ राजमार्ग अवरुद्ध भएका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडालगायत तराईका अन्य स्थानसँग केन्द्रीय राजधानी जोड्ने मदन भण्डारी राजमार्ग दिनदिनै अवरुद्ध भइरहेको छ ।

वर्षात्का कारण हेटौंडा, कुलेखानी, फाखेल, फपिङ हुँदै बल्खु जोड्ने सडक दिनदिनै अवरुद्ध भइरहेको छ । सडक स्तरउन्नति र फराकिलो पार्नगरिएको कटानले सुविधा भन्दा सास्ती भएको छ ।

दैनिक हेटौंडा, बारा, पर्सा, रौतहट, सर्लाहीलगायत तराईका जिल्लाका नेता, मन्त्रीहरु झण्डा हल्लाउँदै यही बाटो हिँडेपनि सडक स्तरउन्नतिमा ध्यान पुग्न सकेको छैन ।

सामान्यतया ४ घण्टाकोयात्रा पहिरोले जाम आठघण्टासम्म लाग्ने गरेको छ । ढलको उचित प्रबन्ध नहुँदा पानी सडकबाटै बगिरहेको छ । सडकमा खाल्डो हो या खाल्डोमा सडक हो भनेर प्रश्न गर्ने यात्रुको उत्तरलाई कसैले सम्बोधन गर्न सकेको छैन ।

८२ किलो मिटरको यो बाटोमा साना ठूला गरी करिब ५० भन्दा बढी स्थानमा झर्ने पहिरोका कारण कति स्थानमा कुर्नु पर्नेहो भन्दै यात्रुको मनमा त्राससिवाय केही हुँदैन । सडकको दुर्रावस्थाले गर्दा कयौँ यात्री सिमराबाट हवाई मार्ग हुँदै यात्रा गर्न बाध्य छन ।

काठमाडौँ जाँदा ७ घण्टा लागेको तीतो अनुभव सुनाउँदै सञ्चारकर्मी रामकुमार एलन भन्छन,‘सुमोमा १० जना यात्रु अनि बाटोको अवस्था सम्झदा कहाली लाग्छ, त्यसैले सिमरा भएर हेटौँडा आएँ ।’

हेटौँडाबाट नारायणगढ मुग्लिन हुँदै काठमाडौंको २ सय २० किलो मिटरको यात्राले दिनै जाने भएकाले जति दुःख परेपनि यात्रु भीमफेदी फर्पिङको छोटो बाटो रोज्ने गर्दछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);