दार्चुलाका स्थानीय तहको लेखापरीक्षण दुई वर्षदेखि भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दार्चुलाका स्थानीय तहको लेखापरीक्षण दुई वर्षदेखि भएन

दार्चुला । दार्चुलाका नौवटै स्थानिय तहको दुई वर्षदेखि लेखापरीक्षण हुन सकेको छैन ।

महालेखापरीक्षकको कार्यालयको टोली लेखापरीक्षणका लागि दार्चुला नपुग्दा जिल्लाभरका स्थानीय तहको दुई वर्षसम्मको लेखापरीक्षण हुन नसकेको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए ।  

९ वटै स्थानीय तहको आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण बक्यौता रहेको महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदनले देखाएको छ ।लेखापरीक्षण ऐन २०७५ को दफा २० अनुसार स्थानीय तहको लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयबाट गराउनुपर्ने व्यवस्था छ ।

लेखापरीक्षणको लागत श्रेस्ता पेस नभएको तथा कोभिड-१९ को कारण स्थलगत लेखापरीक्षणमा असहज भएकाले दार्चुलाका ९ वटै स्थानीय तह सहित देशैभरका ५९ वटा स्थानीय तहको लेखापरीक्षण हुन बाँकी छ । 

कोरोना महामारीका कारण लगातार दुईवटा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को लेखापरीक्षण गर्न बाँकी रहेको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय भुर्तेलले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);