रियल मड्रिडलाई धक्का बार्सिलोना भन्दा ८ अंकले पछि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

रियल मड्रिडलाई धक्का बार्सिलोना भन्दा ८ अंकले पछि

काठमाडौं, १३ कात्तिक । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गत सिजनको उपाधि विजेता रियल मड्रिडलाई धक्का लागेको छ । आइतबार राति भएको खेलमा गिरोनासँग २-१ को हार व्यहोर्दा रियलको उपाधि दौडमा धक्का लागेको हो । खेलमा सुरुवाती अग्रता भने रियल मड्रिडले बनाएको थियो । खेलको १२ औं मिनेटमा इस्को को गोल गरी रियल मड्रिडलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म १-० ले अघि रहेको वार्षिलोनाले दोस्रो हाफमा ४ मिनेटको अन्तरमा लगातार २ गोल खान पुग्दा हारको भागीदार बन्यो । गिरोनाका लागि ५४ औं मिनेटमा स्टुनी गोल गरे भने ५८ औं मिनेटमा पोर्चुले गोल गरे ।

हारपछि १० खेल खेलेको रियल मड्रिड २० अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको बार्सिलोनाभन्दा ८ अंक र दोस्रो स्थानको भ्यालेन्सिया भन्दा ४ अंकले पछि परेको छ । यो खबर आजको अन्नपूर्णमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);