पर्सा जिल्लाबाट अफगानिस्तान गएकाहरुको विवरण उपलब्ध गराउन प्रशासनको अनुरोध | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

पर्सा जिल्लाबाट अफगानिस्तान गएकाहरुको विवरण उपलब्ध गराउन प्रशासनको अनुरोध

नितेश कर्ण,

पर्सा। पर्सा जिल्लाबाट अफगानिस्तान गएकाहरुको विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ ।

गृह मन्त्रालयमातहतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले बिहीबार गरेको परिपत्रअनुसार पर्सा जिल्लाबाट औपचारिक एवम् अनौपचारिक माध्यमद्वारा रोजगारी, अध्ययन एवम् अन्य सिलसलामा अफगानिस्तान गएको भएमा विवरण उपलब्ध गराउन प्रशासनले अनुरोध गरेको हो ।

आफ्नो परिवार एवम् घर छिमेकका कुनै पनि व्यक्तिहरु हाल अफगानिस्तानमा रहेका भए त्यस्ता व्यक्तिहरुको नामसहित सम्पर्क गर्न सकिने अन्य कुनै जानकारी उपलब्ध गराउन पर्साका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्लद्वारा बिहिवार जारी सुचनामार्फत अपिल गरिएको छ ।

Leave a Reply

ताजा समाचार