काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ४ सय रुपैयाँले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ९१ हजार रुपैँया कायम भएको छ । साेमबार सुनको मूल्य ९० हजार ६ सय रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य ९ रुपैँयाले बढेको छ । महासंघका अनुसार साेमबार एक हजार २९ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य मंगलबार एक हजार ३८ रुपैँया कायम भएको छ ।