काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पद पुनर्वहालीको माग गर्दै पूर्व निर्दशक हितन्द्रदेव शाक्यले सर्वोच्चमा रिट दायर गराएका छन् ।
शाक्यले निर्देशक पद ‘थमौती गरिपाउँ’ भन्दै सोमबार सर्वोच्चमा रिट दायर गराएका हुन् । प्राधिकरणको कार्यकारी निर्देशक पदमा आफूलाई हटाई कुलमान घिसिङलाई गरिएको नियुक्ति बदरको माग गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जामन्त्री पम्फा भुसाललाई विशेष निर्देशन दिएर प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गरिएको थियो ।
पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान सम्मत आफ्नो अधिकार हनन भएको उनको रिटमा उल्लेख गरिएको छ । निर्देशकको पदमा आफूलाई पुनर्बहानली गर्न शाक्यले अन्तरिम आदेशको माग गरेका छन्