कपिलवस्तु । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडविरुद्धको खोप अभियान अन्तर्गत सोमबार भेरोसेल खोपको दोस्रो डोज ११ हजार ६ सय २५ जनाले लगाएका छन्।
जिल्लाको बाणगंगा नगरपालिकामा ३२६१,शिवराज नगरपालिकामा २२७४,कपिलवस्तु नगरपालिकामा १७१२ कृष्णनगर नगरपालिकामा ६४१,विजयनगर गाउँपमलिकामा , ५९५ मायादेवी गाउँपमलिकामा ३६० शुद्दोधन गाउँपमलिकामा ४३८महाराजगंज नगरपालिकामा ४०३,यशोधारा गाउँपमलिकामा ३८१ र वुद्दभुमि नगरपालिकामा १५६० जनाले भेरोसेलको दोस्रो डोज खोप लगाएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई सोमबारबाट दोस्रो मात्रा खोप दिन लागिएको हो ।