ललितपुर । नेकपा एमाले स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।
बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्थान केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको जानकारी दिएका हुन् ।
सोमबार दिउँसो ३ बजे नै केन्द्रीय कमिटीको बैठक बस्न लागेको छ ।
एमाले भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने तयारी गरेको छ । स्थायी कमिटीले पारित गरेको दस्तावेज केन्द्रीय कमिटीमा लगिने छ ।
बैठकमा नेता नेपाल पक्ष भने उपस्थित भएका छैनन् । एमालेको विवाद समाधानका लागि भन्दै नेपाल पक्षका नेताहरुले बैठक रोक्न आग्रह गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार बोलाएको बैठक सोमबार सम्मका लागि सारेको थियो ।