काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी रहेको छ । केही बेर अघि ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सुरु भएको बैठकले दिउँसो बस्न लागेका केन्द्रीय कमिटीको बैठकका लागि एजेण्डा तय गर्न लागेको हो ।
जारी स्थायी कमिटीको बैठकमा विधान महाधिवेशनमा लगिने दस्तावेज तयार गरिन लागेको छ ।
एमालेले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । यसै विषमया स्थायी कमिटी बैठकले पास गरेका दस्तावेज केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश हुनेछन् ।
बैठकमा नेता नेपाल पक्ष भने उपस्थित भएका छैनन् ।