एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ६ सय २८ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ६ सय १७ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख २७ हजार ३ सय ७१ जनाले ज्यान गुमाईसकेका छन् ।
हाल भारतमा ४ लाख १२ हजार १ सय ५३ सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ४० हजार १७ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड १० लाख ५५ हजार ८ सय ६१ पुगेको छ ।
भारतमा हालसम्म ५० करोड १० लाख ९ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।