कास्कीकाे नेपाल भुमिहिन सुकुम्बासी संगठन सडकमा उत्रने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कास्कीकाे नेपाल भुमिहिन सुकुम्बासी संगठन सडकमा उत्रने चेतावनी

कास्की । नेपाल भुमिहिन सुकुम्बासी संगठन जिल्ला कार्यसमिति कास्कीले  आईतबार अमा बिरोध सभाको आयोजना गर्ने भएको छ ।

संगठनले आज जिल्ला प्रशासन कास्कीका सि डि यो थानेश्वर गौतमलाई  ज्ञापन पत्र बुझाएका छन् ।

जसको सरकार आएपनि आश्वासन मात्र दिएको र आयोग किन खारेज गरियो नेपालका करिब १७ लाख सुकुम्बासी को छातिमा अहिलेको सरकारले लात हानेको र यसमा  आफुहरु  अन्यायमा परेको भन्दै बिरोध जुलुस गर्न लागिएको संगठनका अध्यक्ष लक्ष्मि प्रसाद अधिकारीले बताएका छन्।

नेपाल को संविधान २०७२को प्रतावनामै उल्लेख नै गरिएको छ कि सामन्ती निरङकुस  केन्द्रीय र एकात्मक राज्य ब्यवस्थाले श्रीजनागरिएका जमिन माथिको स्वामित्वले बर्ग विभाजन गर्दै जमिन को मालिक बनाउने कुरालाई अहिलेको सरकाले सुकुम्बासी  लाई हेला गरेको भन्दै ससक्त रुपमा सडकबाट आन्दोलन गर्ने बताए कास्की मा २३ हजार सुकुम्बासी रहेको र अब सबै सडकमा आउने पनि उनले  जानकारी दिए । 

यति हाम्रो माग पूरा नभए नेपालभरिनै आन्दोलन गर्ने र नेपालका सबै सुकुम्बासी एक भएर सडकमा उत्रने संगठनका सचिव मुक्ति लाल गुरुङले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);