स्याङ्जा । स्याङ्जामा थप १० दिनका लागि निषेधाज्ञा थप गरिएको छ । शुक्रबार मध्यरातदेखि लागु हुनेगरी स्याङ्जामा १० दिन निषेधाज्ञा थप गरिएको हो ।
संक्रमणदर वृद्धि भएसँगै साउन मसान्तसम्म निषेधाज्ञा थप गरिएको प्रमुख जिलला अधिकारी दिपकराज नेपालद्धारा जारी आदेशमा उल्लेख गरिएको छ ।
यसअघि जारी निषेधाज्ञा शुक्रबार राति मध्यरातबाटै सकिँदैछ । स्याङ्जामा संक्रमित संख्या बढेपछि स्थानीय प्रशासनले बैशाख २१ गतेदेखि पटकपटक थप गर्दै निषेधाज्ञा जारी हुँदै आएको छ ।
आज मध्यरातबाटै सकिदैछ। स्याङजामा वैशाख २१ गतेदेखि पटक पटक थप गर्दै निषेधाज्ञा जारी छ।
प्रशासनद्धारा जारी आदेश उल्लंघन गर्नेलाई कानून संक्रामक रोग ऐन, स्थानीय प्रशासन ऐन र कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही गरिने प्रजिअद्धारा जारी आदेशमा उल्लेख छ।