काठमाडौं । भुटान सरकारले दिएको झन्डै तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ।
खोप बोकेर आएको भुटानको डु«कएयरको विमान शुक्रबार बिहान त्रिभुवन विमानस्थल आइपुगेको हो । भुटानले आफ्ना खोप लगाउन योग्य नागरिकहरुलाई लगाएर बाँकी रहेको खोप नेपाललाई दिएको हो ।
भुटानले आफ्ना योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो। भुटानले खोप लगाउन योग्य आफ्ना सबै नागरिकलाई खोप लगाईसकेको दाबी गर्दै आएको छ ।
भुटानबाट आज आएको अष्ट्राजेनेका खोप नेपालमा कोभिशिल्डको दोश्रो डोज नपाएका जेष्ठ नागरिकलाई दिइने खोप शाखाले जनाएको छ ।