पर्सामा तीन दिन भित्र ४४ हजार खोप लगाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

पर्सामा तीन दिन भित्र ४४ हजार खोप लगाउने तयारी

पर्सा । पर्सामा तीन दिन भित्र ४४ हजार खोप लगाउने तयारी भइरहेको छ ।

स्वास्थ्य कार्यालय पर्साले साउन २० गते बुधबार का दिन १२ हजार जाेनसाेन एण्ड जाेनसाेन खाेप र साउन २१ र २२ गते भेरोसिल खोप गरी तीन दिनमा ४२ हजार खोप लगाउने तैयारी गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहका अनुसार पछिल्लो पटक लगाइएको जाेनसाेन एण्ड जाेनसाेन खाेप मध्ये १२ हजार खोप बचेकाले बुधबार वीरगंजका ३२ वटा वडाको लागि ५ केन्द्र र १३ वटा अन्य पालिकामा यो खोप लगाउने कार्यक्रम तय भएको बताए ।

जाेनसाेन खाेप ४५ वर्षमाथिका सबैले लगाउन पाइन्छ भने बिहीबार र शुक्रबार भेरोसिल खोप १४ वटा पालिकाका वडाका स्वास्थ्य केन्द्रबाट लगाइने तयारी छ । भेरोसिल ५५ वर्षमाथिका सबैले लिन पाउनेछन् ।

पर्सामा हालसम्म ४० हजारजनाले पूर्ण खोप लगाइसकेका छन् । पर्साको कुल ७ लाख २३ हजार ३ सय ४ जनसङ्ख्यामध्ये कोभिशिल्डको पहिलो मात्रा लिनेमा ३७ हजार एक सय ३०, दोस्रो मात्रा लगाएका ९ हजार २ सय ६४ जना रहेका छन् । कोभिशिल्डको दोस्रो मात्रा लिनेहरू २७ हजार बाँकी रहेका छन् ।

त्यसैगरी, भेरोसिलको पहिलो मात्रा ८ हजार ६ सय ३४, दोस्रो मात्रा लिएका ८ हजार १२ र जानसिन खोप २३ हजार २ सय २० जनाले लिएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);