पछिल्लो २४ घण्टामा ३ हजार १२५ संक्रमित, १ हजार ९२५ संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पछिल्लो २४ घण्टामा ३ हजार १२५ संक्रमित, १ हजार ९२५ संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ६ सय १३ पीसीआर परीक्षणबाट २ हजार २ सय ७९ संक्रमित र ३ हजार १ सय ९८ एन्टिजेन परीक्षणबाट ८ सय ४६ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ९ सय २५ ले कोरोनालाई जित्न सफल भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५८ हजार १ सय २२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २३ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ८ सय ९८ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।
हाल नेपालमा ३१ हजार ६ सय २९ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);