कैलाली । कर्णाली नदीमा डुंगा पल्टिंदा ३ जना बेपत्ता भएका छन् ।
कैलाली मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका जाँदै गरेको डुंगा दुर्घटना भएको हो । चौकुने र मोहन्याल गाउँपालिकाको बीचमा पर्ने कर्णाली नदीमा डुंगा पल्टिँदा ३ जना बेपत्ता भएका छन् भने एक जनाको शव परेको छ ।
१० जना सवार काठको डुंगा पल्टिंदा एक गर्भवती महिलासहित वेपत्ता भएका ४ मध्ये एकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बेपत्ताहरुको अवस्था अज्ञात रहेको छ । डुंगामा रहेका एक एक बालकलाई उद्दार गरेर मोहन्याल गाउँपालिकाको शोल्टा स्वास्थ्य चौकीमा पठाईएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
सुर्खेतको चौकुने गाउँपालिकाको विजौरामा आइतबार खोप लगाउने कार्यक्रम रहेकाले आफ्ना बच्चाहरुलाई नियमित खोप लगाउनका लागि उनीहरु डुंगामा सवार भएको बताइएको छ ।
बेपत्ताहरुको प्रहरी र स्थानीयद्धारा खोजी कार्य जारी रहेको छ ।