एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार ८ सय ३१ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ५ सय ४१ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख २४ हजार ३ सय ५१ जनाले ज्यान गुमाईसकेका छन् ।
हाल भारतमा तीन लाख १० हजार ९ सय ५२ सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३९ हजार २ सय ५८ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड ८ लाख २० हजार ५ सय २१ पुगेको छ ।
भारतमा हालसम्म ४७ करोड २ लाख ९८ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।