एजेन्सी । अमेरिकाको अलास्का पेनिन्सुलामा भूकम्पको धक्का महसुस भएको छ । अलास्का पेनिन्सुलामा ८ दशमलव २ म्याग्नीच्युडको भुकम्प गएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अमेरिकि भुर्गविय सर्वेक्षण अनुसार जमिनमुनि ३५ किलोमिटर तल केन्द्र विन्दु रहेकोे भुकम्पपछि सुनामी समेत आउन सक्ने चेतावनी दिइएको छ ।
भूकम्पले जनधनको क्षति नभएको अन्तरराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अलास्कामा राष्ट्रिय सुनामी चेतावनी केन्द«ले दक्षिणी भूभाग, द पेनिन्सुला, प्रशान्त तटीय क्षेत्रमा हिन्चिनबु्रक प्रवेशद्धारदेखि युनिमाक पास तथा अमेरिकि हवाई राज्यलाइ सुनामी जोखिमयुक्त क्षेत्र बताउँदै सचेत रहन आग्रह समेत गरेको छ ।