२४ घण्टाभित्र फिलिपिन्समा दोस्रो शक्तिशाली भूकम्प | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८१, शुक्रबार

२४ घण्टाभित्र फिलिपिन्समा दोस्रो शक्तिशाली भूकम्प

earthaquake-bhukampa

काठमाडौं,१८ मंसिर । फिलिपिन्समा २४ घण्टाभित्र दोस्रो भूकम्पको धक्का महसुस भएको छ । जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सका अनुसार फिलिपिन्सको मिन्डानाओमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले फिलिपिन्समा सोमबार बिहान मिन्डानाओ भूकम्पको धक्का महसुस गरेको जनाएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.८ मापन गरिएको थियो । जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सका अनुसार भूकम्पको गहिराई ३८ किलोमिटर (२३.६१ माइल) थियो।

तर, अमेरिकी सुनामी चेतावनी केन्द्रले भूकम्पपछि सुनामीको खतरा नरहेको बताएको छ । एक दिन अघि फिलिपिन्सको मिन्डानाओमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । राति १० बजेर ३७ मिनेटमा भूकम्प गएको थियो । यसको केन्द्र सतहबाट ३२ किलोमिटर (२० माइल) गहिरो थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);