पुन: उकालो लाग्दै संक्रमित संख्या, ३ हजार ८ सय ४० संक्रमित थपिए | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पुन: उकालो लाग्दै संक्रमित संख्या, ३ हजार ८ सय ४० संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमण दर फेरि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४० संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ६३४ जना र ४ हजार ९२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ३३ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ७ सय ५८ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);