कोरोनाको तेस्रो लहर सुरु हुन सक्ने भन्दै तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

कोरोनाको तेस्रो लहर सुरु हुन सक्ने भन्दै तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

swasthya-mantralaya

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो ।

अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन पनि मन्त्रालयले भनेको छ । निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको उल्लेख गरेको छ । अहिले पनि १० जिल्लामा ५०० भन्दा बढी र २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको भन्दै स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम अझै बढिरहेको बताएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा खोप केन्द्रहरुमा हुने भिडले पनि संक्रमणको जोखिम बढाएको भन्दै खोप लगाउन जाँदा जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरिएको छ । तेस्रो लहर आउन सक्ने तर्फ भन्दै मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शैयालगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्त दुरुस्त राख्न भनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);