५ केजी ३ सय ३४ ग्राम चाँदीका गरगहना सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

५ केजी ३ सय ३४ ग्राम चाँदीका गरगहना सहित पक्राउ

पर्सा । बीरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट ५ केजी ३ सय ३४ ग्राम चाँदी जस्तो देखिने धातुबाट बनेका गरगहनाहरू सहित चितवन खैरेनी नगरपालिका २ श्रीया ज्वेलर्सका संचालक सप्तरी राजविराज उपमहानगरपालिका २ मेघरा ठेगाना भएका ४३ वर्षीय अंगत साहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट अवैध रूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले शंकास्पद रूपमा पैदल हिंडिरहेका उनलाई जाँच गर्ने क्रममा उनले बोकेको झोलाभित्र उक्त परिमाणको गरगहना फेला पारी पक्राउ गरेको हो ।

उनलाई उक्त चाँदी सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);