बाथ रोगले सताएर हैरान हुनुहुन्छ ? यस्ताछन् बच्ने उपाय ... | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

बाथको उपचार नगराए के हुन्छ ?

डा. विनित वैद्य : अधिकांश मानिसले वाथरोग भन्नाले जोर्नी सम्बन्धि रोग भनेर बुझ्छन। तर बाथरोग जोर्नी सम्बन्धि समस्यामा मात्र सिमित छैन। बाथका विभिन्न प्रकार हुन्छन्। बालबालिका, वयस्क र वृद्धहरुमा भिन्नभिन्न प्रकारका वाथरोग देखिन्छन । यस्तै महिला र पुरुषमा पनि भिन्ना भिन्नै किसिमका वाथ रोग हुन्छ।

समान्यतया शरीरको रोगसँग लड्ने क्षमता कमजोर भएपछि बाथरोगले आक्रमण गर्छ। बाथरोग लाग्नुका कारणका बिषयमा अहिले पनि विश्वमा थुप्रै अनुसन्धान भइरहेका छन्। तर, वाथरोग हुनुको प्रमुख कारण भने पत्ता लागेको छैन। यो समस्या देखिनुमा विभिन्न कारण छन्, जस्तै, वंशाणुगत वातावरण र हर्मोनहरु।

बाथरोग भए नभएको यसका लक्षणबाट थाहा पाउन सकिन्छ। समान्यतया जोर्नी दुख्ने सुन्निने, आँखा रातो भएर दुख्ने, ढाड दुख्ने, छालामा पोल्ने डावर आउने, निको नहुने घाउँ जस्ता लक्षणहरु देखा पर्छन्। धेरै जसो विरामीको रोग लक्षणहरुबाट नै पत्ता लाग्दछ। धेरै किसिमका वाथरोगमा उस्तै खालको लक्षणहरु हुने हुँदा कहिलेकाँही ठम्याउन गाह्रो हुन्छ । यसमा केहि विशेष रगतको जाँच तथा एक्सरेको सहयोग आवश्यक हुन्छ । यसको सही उपचार गर्नका लागि सबभन्दा पहिले कुन किसिमको वाथ हो भन्ने ठम्याउन जरुरी छ।

के यो रोग निको हुन्छ ?
सामान्यतया योे आफ्नै शरिरले गराउने रोग भएकाले पुरै ठिक हुँदैन। तर उपचारले यो रोगलाई सिमित गराउँछ। जस्तै मधुमेहको विरामीले अनुशासनमा रही उपचार गराउँदा रोगलाई सिमित गराउँछ। अनुशासनमा रही उपचार गराउँदा रोग नियन्त्रणमा आउँछ त्यसरी नै वाथरोगको विरामीले पनि राम्रो उपचार गराएमा यो बढ्न सक्दैन्। धेरै कम मानिसमा मात्र यो रोग पूर्णरुपले ठिक हुने गर्छ।

उपचार नगराए के हुन्छ ?
कस्तो खालको बाथ हो भन्ने कुरा पत्ता लागेपछि मात्र उपचार हुन्छ। तुरुन्त उपचार नगराउँदा औंलाहरु बाङ्गो हुने जोर्नी जोडिने तथा फस्कने जस्ता समस्या देखापर्छन् । एकचोटी जोर्नी विग्रिसकेपछि औषधिले मात्र ठिक हुँदैन। यसका अलावा जस्तै मृगौला खराब हुने, सास बढ्ने, मुटु खराव हुने, छातीमा पानी भरिने, खकार वा नाकबाट रगत आउने, रगत कम हुने लगायतका समस्या देखिन्छन।

उपचार कसरी गरिन्छ ?
वाथरोग उपचारको मुख्य लक्ष्यहरु विरामीहरुको जोर्नी तथा शरिरका मुख्य अंगहरु विग्रनबाट बचाउनु हो र विरामीको दुखाई र कष्टहरु जीवनमा सुधार ल्याउनु हो।

उपचारमा ध्यान दिनु पर्ने कुराहरु

१. जीवनशैली :  खानपान र शारीरिक अभ्यासमा बिशेष ध्यान दिनुपर्छ। सन्तुलित भोजन सेवन गर्नुपर्छ। चिल्लो पदार्थ धेरै खानुहुँदैन । दिनहू कम्तिमा पनि एक घण्टा हिड्नुपर्छ।

२. औषधि सेवनः वाथको औषधि मात्रै प्रयोग गर्नुपर्छ। यस्तो औषधिले दुखाई कम गरेपनि जोर्नी विग्रनबाट बचाउँछ। अर्को थरी औषधिले विस्तारै काम गर्छ । तर जोर्नी खराव हुनबाट बचाउँछ।

३. व्यायामः डाक्टर वा अनुभवी फिजियोथेरापीष्टले सिकाए अनुसार व्यायाम गर्नाले फाइदा पु-याउँछ। औषधि र व्यायाम सन्तुलित तरिकाले मिलाउन डाक्टर र फिजियोथेरापीको समूह राम्रो हुन जरुरी छ।

४. शल्यक्रियाः धेरै वर्ष पुरानो रोगले जोर्नी विग्रिसकेको अवस्थामा शल्य चिकित्सकले मद्दत गर्छ । यो उपचार सवै वाथरोगीलाई गरिँदैन । शल्यचिकित्सा गरेर फाइदा हुने वा नहुने भन्ने कुराको निर्णय वाथरोग विशेषज्ञले नै भन्न सक्छन्। तर, शल्य चिकित्सा भने हाडजोर्नी विशेषज्ञले गर्छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);