शरीरमा भिटामिन–सीको कमीले देखा पर्छन् यी लक्षण, समयमै सचेत हुनुहोस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

शरीरमा भिटामिन–सीको कमीले देखा पर्छन् यी लक्षण, समयमै सचेत हुनुहोस्

काठमाडौं,१३ भदौ । सबै पोषक तत्वहरु जस्तै, भिटामिन सी पनि हाम्रो शरीरको लागी आवश्यक छ । भिटामिन–सीले हाम्रो छाला, गिजा, हड्डी र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। शरीरमा भिटामिन–सीको कमी भएमा छाला सुख्खा हुने, कपाल झर्ने, गिजाबाट रगत बग्ने जस्ता धेरै समस्या हुन थाल्छ । धेरै पटक शरीरमा भिटामिन–सीको कमी हुन्छ र हामीले थाहा पाउन सक्दैनौं। शरीरमा भिटामिन–सीको कमी देखाउने केही यस्ता संकेतहरु छन् । समयमै तिनीहरूलाई पहिचान गर्न महत्त्वपूर्ण छ। त्यसोभए जानौं, शरीरमा भिटामिन–सीको कमीका लक्षणहरू के हुन्।

रक्तअल्पता
रक्तअल्पता एक रोग हो जसमा रगतको कमी हुन्छ। यो रोग शरीरमा आइरनको कमीले हुने गर्छ र शरीरमा आइरन सोस्न भिटामिन–सी आवश्यक हुन्छ । शरीरमा भिटामिन–सीको कमी भएमा रक्तअल्पता हुन सक्छ जसले थकान, पहेंलो छाला र सास फेर्न गाह्रो हुन्छ।

थकान
पर्याप्त निन्द्रा र आराम गरेर पनि थकित र कमजोर महसुस भएमा यो भिटामिन–सीको कमीको संकेत हुन सक्छ । भिटामिन–सीको कमीले शरीरमा कमजोरी र थकान निम्त्याउँछ ।

जोर्नी दुख्ने
जोर्नी दुख्ने समस्या प्रायः ती व्यक्तिहरूलाई हुन्छ, जसको शरीरमा भिटामिन सीको कमी हुन्छ। यसबाट बच्न भिटामिन सी युक्त फलफूल र तरकारी खानुपर्छ ।

गिजामा सुन्निने
गिजा सुन्निने, रगत बग्ने र स्कर्भीजस्ता रोग शरीरमा भिटामिन–सीको कमीका कारण हुने गर्छ । वास्तवमा, शरीरमा भिटामिन सी को कमीको कारण, कोलाजेन को कमी पनि हुन्छ, त्यसैले यस्तो समस्याहरु देखा पर्दछ ।

ढिलो घाउ निको
जसको शरीरमा भिटामिन सीको कमी हुन्छ, घाउ भयो भने निको हुन लामो समय लाग्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);