रायो साग खाँदाकाे फाइदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रायो साग खाँदाकाे फाइदा

rayo sag

काठमाडौं, २५ माघ । रायोको सागमा पाइन्ने भिटामिन ए, सी र के युक्त तत्वले हाम्रो शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छन् ।

– रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ ।

– रायोको दाना पिसेर तरकारीमा हालेर खाँदा पाचन प्रक्रिया बलियो बन्छ । यसले भोक नलाग्ने
समस्यासमेत हटाउँछ ।

– शरीरमा भिटामिन के को कमी भएमा गर्भवतीलाई वाकवाकी बढी नै लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा समस्या हल हुन्छ ।

– जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ, खासमा बढी बुढाबुढीलाई । रायोमा पाइने कपरले यो समस्या हल गर्छ ।

– रायो भिटामिन सीको पनि राम्रो स्रोत हो । तसर्थ, रुघाखोकी लागिरहने मानिसले रायोको साग खानुपर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);