सेभिङपछि लगाउनुहोस् यी कुरा, अनि राख्नुहोस् छालालाई चम्किलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तपाईलाई थाहा छ सेभिङ गरेपछि केही नेचुरल चिज अनुहारमा लगाउनुभयो भने अनुहारको छाला मुलायम, चम्किलो र सफा बन्न सक्छ । बजारमा पाइने अधिकांश आफ्टरसेभ लोसन्समा अल्कोहल हुन्छ, जसको प्रयोगले छाला बिग्रन सक्छ र साइड इफेक्ट समेत हुनसक्छ । त्यसैले सेभिङपछि केही नेचुरल चिज लगाउने हो भने अनुहारको छाला बिग्रने जोखिम हुँदैन ।

ल हेरौँ, सेभिङ अथवा दाह्री काटेपछि लगाउनेपर्ने प्राकृतिक कुराहरु
मह
हाम्रो गाउँघरमा पाइने शुद्ध महलाई हातमा थोरै लिनुहोस् र मसाज गर्नुहोस् । केही समयपछि पानीले धुनुहोस् । महले एन्टिसेप्टिक र एन्टिबायोटिकको काम गर्दछ । यसले अनुहार चम्किलो बनाउनुका साथै छालालाई स्वस्थ राख्न मद्दत गर्दछ ।

काँचो आलु
काँचो आलुबाट निस्कने रसलाई अनुहारमा लगाउनुहोस् । आलुको रसमा पोटासियम पाइन्छ । साथै, यो रस लगाउँदा अनुहारमा हुने पीडाबाट मुक्त भइन्छ ।

चिसो दूध
दाह्री काटिसकेपछि चिसो दूध लिनुहोस् र अनुहारभरि लगाउनुहोस् । केही समयपछि धुनुहोस् । यसले नेचुरल मोस्चराइजरको काम गर्छ । साथै, छाला पोल्ने समस्याबाट मुक्त हुन सकिन्छ ।

केरा
बोक्रा फालेर अनुहारमा केरा लगाउनुहोस् । १० मिनेटपछि धुनुहोस् । यसले अनुहारको छालालाई नरम बनाउनुका साथै चम्किलो गराउन मद्दत गर्दछ ।

कालो चिया
कालो चियालाई चिसो बनाएर अनुहारमा लगाउनुहोस् । अनुहारमा लगाउँदा मसाज गरेजसरी लगाउनुपर्छ । केही समयपछि अनुहार धुनुहोस् । अनुहारमा हुने इरिटेसनदेखि टाढा राख्न सहयोग पुग्छ ।

बेसारपानी
एक गिलास पानीमा आधा चम्चा बेसार घोल्नुहोस् र अनुहारमा लगाउनुहोस् । यसले अनुहारमा चमक आउँछ ।

मेवा
मेवाको बोक्रा काटेर रस निकाल्नुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् । १० मिनेटपछि धुनुहोस् । मेवाको रस अनुहारमा लगाउँदा अनुहारमा हुने पीडाबाट टाढा राख्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);