चिसो मौसममा लसुन र महको फाईदै फाईदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाण्डौँ, १२ कार्तिक । चिसो बढेसँगै हामीले हाम्रो स्वास्थ्यको समेत विशेष ख्याल गर्नुपर्ने हुन्छ । मौसम अनुसारको रहनसहन र खानपिन गरिएन भने त्यसको सिधा असर स्वास्थ्यमा पर्न जान्छ ।

लसुन र महको मिश्रणले जाडोमा शरीरलाई न्यानो त दिन्छ नै यसले कतिपय स्वास्थ्य समस्या पनि दूर गर्दछ । आज हामी लसुन र महको फाईदाको बारेमा उल्लेख गर्दछौँ ।

– लसुन र महको मिश्रणलाई सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि हुनुका साथै रुघा, खोकीबाट पनि बच्न सकिन्छ ।

-चिसो मौसममा विशेष गरेर जोर्नीमा दुखाई हुने समस्या देखिन्छ, यस्तो अवस्थामा लसुन र महलाई मिलाएर खाँदा राहत महशुस गर्न सकिन्छ ।

– मह र लसुनको मिश्रणमा पाईने फाइबरले कब्जियतको समस्या पनि समाधान गर्न सकिन्छ ।

– यदि तपाई जाडो मौसममा कमजोर महशुस गर्नुहुन्छ भने मह र लसुनलाई मिसाएर सेवन गर्नुहोस् । यसो गर्नाले शरीरमा एनर्जी मिल्छ ।

– ड्राई स्किनका लागि पनि लसुन र महको मिश्रण उपयोगी मानिन्छ । यसमा पाईने एन्टिअक्सिडेन्टले त्वचाको सेल्सलाई पुनजागृत गर्दछ । यसको लेप लगाउनाले डण्डिफोरको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);