एजेन्सी । मंगलबार बिहान इदको अवसरमा अफगानिस्तानका राष्ट्रपति अशरफ घानी काबुलस्थित राष्ट्रपति कार्यालयमा नमाज पढीरहेका थिए । घानी नमाज पढीरहेका बेला अन्य भक्तहरु पनि नमाज पढीरहेका थिए ।
त्यत्ति कै मा ठूलो विष्फोटको आवाज सुनियो । विष्फोटको आवाजले उनीहरु केही झस्किए तर राष्ट्रपति घानीले भने आफ्नो नमाजलाई निरन्तरता दिईरहे । उनीसँग अन्य भक्तहरुले पनि नमाज पढी नै रहे भने केही आत्तिएका थिए । काबुलको स्थानीय सञ्चारमाध्यमले यो दृश्य प्रशारण गरेको थियो ।
तालिबानले राष्ट्रपति कार्यालय वरिपरी मंगलबार बिहान कयौं मोर्टार आक्रमण गरेको थियो ।
अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता मीरवाइज स्ट्यानिक्जाइले हमलामा मानवीय क्षति नभएको र तालिबानले प्रहार गरेको मोर्टार राष्ट्रपति भवनको परिसर बाहिर खसेको जानकारी दिएका छन् । तालिबानले यस घटनाको जिम्मेवारी नलिएपनि सम्पर्क सूत्रले सो हमलामा तालिबान कै हात रहेको जनाएको छ ।
आधिकारिक रूपमा हमलाको जिम्मा नलिएपनि सम्पर्कसूत्रहरूले तालिबानले नै सो हमला गरेको जनाएका छन्।