एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडाैं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

बैठक दिउँसो ३ बजेपछि ललितपुरस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्न लागेको हो । बैठकले सोमबार स्पष्टीकरण सोधेका वरिष्ठ नेता माधव नेपालसहित २२ सांसदका बारेमा कसरी अगाडी बढ्ने भन्ने छलफल हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुलाई आज दिउँसो २ बजेसम्म समय दिएर सोमबार स्पष्टीकरण सोधिएको थियो । साथै आजको बैठकमा संगठन र विधान अधिवेशनका विषयमासमेत छलफल हुने बताइएको छ ।

माधव नेपाल पक्षले भने स्पष्टीकरण माग्नु सर्वोच्च अदालतको फैसला विपरित रहेको भन्दै जवाफ नदिने निश्कर्ष निकालेका छन् । संसद पुनस्र्थापना गर्दा सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री चयन हुँदा पार्टीको ह्वीप नलाग्ने र ह्वीप नमानेका आधारमा कारबाही पनि गर्न नमिल्ने फैसला गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);